प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बलात्कार आरोपमा कमल पक्राउ

२०८० कार्तिक ९, बिहीबार ०८:४० बजे

हेटौंडा – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरमा एक जना पक्राउ परेका छन् । साल्पासिलिछो गाउँपालिका–६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।