प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले टस हार्‍यो, टोलीमा एक परिवर्तन

२०८० बैशाख १६, शनिबार ०३:१५ बजे

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । अब नेपालले कुवेतविरुद्धको खेल पहिले ब्याटिङ गर्नेछ। टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ । आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी