प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अमेरिकाविरुद्ध करणको घातक बलिङ, ‘पावर प्ले’मा नेपाललाई चार विकेट

२०८० असार ५, मंगलबार ०८:२० बजे

हेटौंडा – आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला बलिङ गरेको नेपालले ‘पावर प्ले’मा चार विकेट लिएको छ ।

तीव्र गतिका बलर करण केसीको घातक बलिङसँगै अमेरिका संकटमा पुगेको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका १० ओभरमै  ४ गुमाएको हो ।

करण केसीले दोस्रो ओभरमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै करणकै बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए ।

करणले आठौं ओभरमा अमेरिका कप्तान आरोन जोन्सलाई क्याच आउट गरे । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा क्याच गराए । अमेरिका १५ओभरमा ३५ रन बनाएर खेलिरहेको छ ।