काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार हुने भएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।
मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका हुन् ।