प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले आज कतारसँग खेल्दै

२०८१ कार्तिक ९, शुक्रबार ०९:३० बजे

काठमाडौ – एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । कतारको घरेलु मैदान दोहाको एसपायर एकेडेमी पिचमा हुने यो खेल नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा साविक विजेता जापानसँग ९–२ गोलले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल रहेको टोलीमा जापानसँगै, कतार, र मङ्गोलिया छन् । नेपालले पर्सि आइतवार मङ्गोलियासँग खेल्नेछ ।