काठमाडौं – वर्षा सँगै परेको चट्याङ लागेर म्याग्दी एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भएकी ६० वर्षीया जगदेवी कामीको मृत्यु भएको हो ।
मङ्गलाकै घाम्ताङमा छोरीको घरमा गएकी महिला चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए । मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको छ ।