मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१७ बस्ने अन्दाजी २३ वर्षीय हरी रुपाखेती रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ३०३ नम्बरको यात्रुबाहक ईलेक्ट्रोनिक माईक्रो गाडीमा सवार रुपाखेतीलाई चेकजाँच गर्दा लागुऔषध नाईट्राभेट ट्याबलेट ३० वटा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनलाई लागुऔषध सहित नियन्त्रणमा लिए थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।