प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको चित्लाङतर्फ आउँदै गरेको गाडी दुर्घटना: २ जनाको मृत्यु, ३ जनाको सकुशल उद्धार

२०८० श्रावण १२, शुक्रबार १०:५४ बजे

हेटौंडा – काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ आउँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार थानकोटबाट चित्लाङ आउँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको र दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेका छन् । प्रहरीका अनुसार गाडी दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएको थियो ।