प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कानुन दिवसको अबसरमा अन्तरक्रिया

२०८० बैशाख २५, सोमबार १३:४४ बजे

हेटौंडा – उच्च अदालत बार एशोसियशन हेटौंडाले कानुन दिवसको अबसरमा अन्तरक्रिया तथा बिचार गोष्ठि कार्यक्रम गरेको छ ।

चितवन बारका पुर्ब अध्यक्ष जगन्नाथ भण्डारी, पुर्ब उच्चचबार हेटौंडाका अध्यक्ष केशब गौतम, युबराज ओली, बरिष्ठ अधिबक्ता एकराज बास्तोला,केशब प्रसाद काफ्ले, मकवानपुर जिल्ला बार एशोशियशनका अध्यक्ष अप्सरा बस्नेत, पुर्ब जिल्ला बार अध्यक्ष ईश्वरी अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रधान न्यायलय एने २००८ लागू भएको दिन २००९ साल बेशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । यसै सन्दर्भलाई उच्च अदालत बार एशोसियशनले न्याय क्षेत्रका बिषयमा सुधार गर्नुपर्ने बिषयमा बक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रम उच्च अदालत बार एशोसियशन हेटौंडाका अध्यक्ष अरूण खतिवडाको अध्यक्षतामा भएको हो । कानुन दिबसका अबसरमा अदालतमा सार्बजनिक बिदारहने बताईएको छ ।