प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पनौतीमा मानव कंकाल भेटियो

२०८० मंसिर २९, शुक्रबार १९:०७ बजे

हेटौंडा – काभ्रेको पनौती नगरपालिका वडा नम्बर–५, स्थित चौकोटमा मानव कंकाल भेटिएको छ । बिहीबार दिउँसो चौकोटको जंगलमा मानव कंकाल भेटिएको हो ।

स्थानीयहरूले घाँस–दाउरा काट्न जाने क्रममा नाम, थर, वतन नखुलेको पुरुषको जस्तो देखिने अस्थिपञ्जरसहित घडी, मोबाइल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

फेला परेको मानव कंकाल पनौती नगरपालिका–६ बस्ने ५२ वर्षीय रामशरण हुमागाईंको हुन सक्ने अनुमान छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार उनी विगत ६ महिनादेखि हराईरहेको थिए ।

उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।