सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीको रामअवतार जनता माध्यमिक विद्यालयमा सोमबार घारेले टोकेर ३५ जना विद्यार्थी बिरामी परेका छन् ।
सोमबार बिहान विद्यालयमै कोचिङ कक्षा गएका विद्यार्थीलाई घारेले चिलेर घाइते बनाएको विद्यालयका प्रधानाध्यापक निरञ्जन कार्कीले जानकारी दिए । उनका अनुसार घारेले टोकेकामध्य १० जना विद्यार्थी र विद्यालयका विज्ञान शिक्षक वसन्त घिसिङलाई उपचार नै गर्नुपरेको छ ।
उनीहरू सबै नवलपुरस्थित एक अस्पतालमा उपचारपछि घर फर्किएको विद्यालयले जनाएको छ । विद्यालयसँगै रहेको बरको बोटमा रहेको घारेको गोलामा बाजले आक्रमण गरेपछि घारे बिच्किएर बिहानै कोचिङ पढ्न विद्यालय पुगेका विद्यार्थीलाई आक्रमण गरेको हो ।