प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मिक्सचरको ठक्करबाट पौडेलको मृत्यु

२०८० बैशाख ८, शुक्रबार १०:५७ बजे

हेटौंडा – मिक्सचरले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर महानगरपालिका–१०, चौबिसकोठीमा बा २ क ८३४९ नम्बरको मिक्सचरले प्रदेश ३-०३-००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

मिक्सचरको ठक्करबाट स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-९, बसन्त चोक बस्ने ६८ वर्षीय महेन्द्र प्रसाद पौडेल गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मिक्सचर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका–१६ बस्ने २९ वर्षीय सुरेश मगर र मिक्सचर सहित नियन्त्रणमा लिएर आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।