हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, रोयल पार्टी प्यालेस अगाडीबाट लागुऔषध सहित दुई बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन, राप्ती नगरपालिका–१, लोथर बस्ने १७ बर्षीय र सोही ठेगाना बस्ने १४ बर्षीय बालक रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरमा कार्यरत प्रहरी कर्मचारी कामको शिलशिलामा बजार आउने क्रममा रोयल पार्टी प्यालेस अगाडीबाट उनीहरुलाई लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच उनीहरुले भिरेको झोलाबाट लागुऔषध गाँजा १२ किलोग्राम बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।