प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा खानेपानीमा ठगी, तीर्नु पर्ने भन्दा ९ गुणा बढी रकम असुली

२०८१ असार १९, मंगलबार ०८:३८ बजे

हेटौंडा – मासिक न्यनतम् १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको हेटौंडा उपमहानगरपालिकाभित्र खानेपानीमै ठगी ! गरी आर्थिक अनियमितता भइरहेको छ भन्दा विश्वास नलाग्न सक्छ ? यो हेटौंडा उपमहानगरपालिका वडा नं.१३ पदमपोखरी वनसस्पतीको वास्तविकता हो ।

हेटौंडा–१३ का दिपक नेपालीसंग ९ गुणा बढी खानेपानी महसुल असुली गरेर गैरकानुनी तवरले ठगी गरेको पाइएको छ । दिपकले गत फागुन महिनाको खानेपानी महसुल १ हजार ६८५ रुपैयाँ बुझाए । तर, खानेपानी वितरक उपभोक्ता समिति बाढी पीडित नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको रेर्कडमा १८५ रुपैयाँ मात्रै असुली गरेको उल्लेख छ । हेर्नुहोस् रसिदः–

उनकै दिपकबाट गत श्रावणमा १ हजार ५०० रुपैया असुली गरेको समितिको नगदी रसिद नम्बर १०९९१ मा देखिन्छ । त्यसैको ओसीमा केरकार गरेर ५०० रुपैयाँ मात्रै लिएको लिएको देखाईएको छ । हेर्नुहोस् रसिदः–

त्यस्तै गत चैतमा उपभोक्ता समितिले चिनिमाया लोप्चनसंग ६५० रुपैयाँ रकम लिएर १३१७५ नम्बरको रसिद थमायो । त्यही नम्बरको रसिदको ओसीमा चिनिमायाबाट १५० रुपैयाँ मात्रै लिएको जनाईएको छ । समितिले गएको जेष्ठ महिनामै चिनिमायासंग ५७५ रुपैयाँ गठी गरेको छ । उनीसंग १ हजार रुपैयाँ खानेपानी महसुल लिएर समितिले ४२५ रुपैयाँ मात्रै असुली गरेको आफ्नो रेर्कडमा राखेको छ । हेर्नुहोस् खानेपानी महसुल संकलन रसिदः–

खानेपानीमै गठिएका दिपक र चिनिमाया प्रतिनिधि पत्र मात्रै हुन् । यस खानेपानी उपभोक्ता समितिमा आवद्ध अधिकाशं सेवाग्राही ठगिएका छन् । प्रहर खबर डटकमलाई प्राप्त प्रमाण हेर्दा करिब १ बर्षदेखि समितिले उपभोक्तामाथि ब्रहलुट गरेर आर्थिक अनियमिता गर्दै आएको देखिन्छ ।

अबैधानिक तरिकाले उटै उपभोक्तासंग करिब ९ गुणा भन्दा बढी रकम असुली गरेको समितिमा ४ सय सय भन्दा बढी उपभोक्ता छन् । यस समितिमा आवद्ध पदाधिकारी र कर्मचारीले कति रकम भ्रष्टाचार गरे ? अनुसन्धानको विषय बनेको छ । समितिले बर्षिक आयव्यय  समेत सार्वजनिक नगरेको स्थानीयहरु बताउँछन् । समितिको आर्थिक गतिविधि छानविना गरेर दोषीलाई नेपालको कानुन बमोजिम कारवाही गर्नु पर्ने स्थानीयहरुले माग राखेका छन् ।

सबै सार्वजनिक गर्छु, दोषी भए सजाए भोग्छु
बाढी पीडित नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका लेखापाल विशाल मोक्तानले पैसा कहाँ गयो ? को–कसले लियो ? किन यस्तो गरे ? भन्ने बिषयमा सत्यतत्य आजै सार्वजनिक गर्ने बताए । आफू दोषी ठहर भए, सजाए भोग्न तयार रहेको पनि बताए ।

छानविन गर्न अवरोध गरे
विगत एक बर्षदेखि समितिको आम्दानी घट्दै गएपछि कारण खोज्ने क्रममा संकलन भएको महसुल कर्मचारीले अनियमिता गरेको आफैले पत्ता लगाएको बाढी पीडित नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तेज कुमार स्याङ्तानले बताए । विसं.२०६० सालदेखि हलसम्मको आर्थिक गतिविधि अनुसन्धान गर्न दोषीलाई कारवाही गर्न वडासदस्य धावा लामाको संयोजकत्वमा छानविन सतिमि गठन गरिएको उनले बताए । अनुसन्धान गर्न केही स्थानीयहरुले अवरोध श्रृजना गरिरहेको उनको आरोप छ ।

न्यूनतम् खानेपानी निःशुल्क अझै पाएनन्
हेटौंडा उपमहानगरले आफ्नो नगरवासीलाई हेटौंडा खानेपानी बोर्डमार्फत १० हजार लिटर अर्थात ८५ रुपैयाँ मुल्य बराबरको खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको छ । उमहानगरले बोर्डमार्फत मात्रै सेवा दिदै आएपछि समितिका उपभोक्ता न्यूनतम् खानेपानी निःशुल्क सेवाबाट बञ्चित हुन पुगेको अध्यक्ष स्याङ्तानले बताए । नेपाल सरकारले हस्तान्तरण प्रक्रियामा ढिलाई गर्दा आफुहरु खानेपानी बोर्डमा आवद्ध हुन नसकेको उनको भनाई छ ।

कारवाही गछौँः उपमेयर बानियाँ
हेटौंडा उपमहानरपालिकाका उपमेयर राजेश बानियाँले उपभोक्ता गठी गर्ने र आर्थिक अनियमितता गर्नेलाई कारवाही गरिने बताए । उनले न्यूनतम् खानेपानी निःशुल्क सेवा उपलब्ध गराउन खानेपानी उपभोक्ता समितिलाई खानेपानी व्यवस्थापन वोर्डमा आवद्ध गराउने काम धमाधम भइरहेको जानकारी दिए ।