प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कान्तिलोकपथ आयोजना सडक मर्मत गर्ने, हेटौंडा खानेपानी बोर्ड भत्काउने

२०७९ कार्तिक ६, आईतबार ११:२८ बजे

हेटौंडा – छ महिनाको जोडबलपछि मर्मत भएको कान्तिलोकपथ अन्तर्गत हेटौंडा–चुनडाँडा खण्डको सडक भत्काउन सुरु भएको छ ।

सो सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.७ न्यूरेनीमा हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डले मनमौजी तरिकाले सडकको पिच भत्काएर खाल्डो बनाएको कान्तिलोकपथ योजनाका प्रमुख ई. सुरेश न्यौपानले जानकारी दिए ।

बोर्डले बिना अनुमती सडक भत्काउने काम गरेको न्यौपानेले बताए । ‘बोर्डले खानेपानी विस्तार गर्दा कान्तिलोकपथ जति स्थानमा भत्काएको छ, एकपटक पनि अनुमति लिएको छैन,’ न्यौपानेले भने ।

यता हेटौंडा खानेपानी बोर्डका कार्यवाहक कार्यकारी निर्देशक सुर्दशन ढकालले कान्तिलोकपथ आयोजनालाई चिठ्ठी पठाएको दाबी गरे । यदि बोर्डको कर्मचारीले बाटो भत्काएको पुष्टि भए, आयोजनालाई क्षति भए बराबरको रकम उपलब्ध गराउनले ढकालले बताए ।

आयोजनाले ३५ लाखको लागतमा गत जेठमा खाल्डाखुल्डी टालटुल सुरु गरिएको थियो । तर बर्षको कारण देखाउँदै ठेगेदारले काम रोकेको थियो । खाल्डाखुल्डी नटालिएपछि दुर्घटनाको जोखिम थियो नै । दैनिक रुपमा दुर्घटना हुन थालेपछि सर्वसारणले सडकको खाल्डाखुल्डी पुर्न आग्रह गरेका थिए ।

सोही कुरालाई मध्यनजर गर्दै आयोजनाले दशैंपछि काम सुरु गरेको थियो । न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने सडकमा पिच टाल्ने काम सकिएको छ । त्यस्तै मकवानपुरगढी गाउँपालिका क्षेत्रमा पर्ने सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।