प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट दुई युवक पक्राउ

२०७९ चैत्र २०, सोमबार ०४:१९ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.११ स्थित थानाभर्‍याङबाट लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ बस्ने वर्ष २१ को सुबोध बानिया र सोही स्थान बस्ने वर्ष २६ को संजय बि।क। रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट थानाभर्याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध शुक्रबार पक्राउ गरेको हो । थानाभर्‍याङबाट सिमलटारतर्फ जाँदै गरेको ना ३१ प ६९५६ नम्बरको मोटरसाइकललाई चेकजाँच उनिहरुको साथबाट ४१३ ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनिहरुलाई उक्त लागूऔषध गाँजा सहित सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।