प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रियल म्याड्रिडले जित्यो एल क्लासिको

२०८१ बैशाख १०, सोमबार ०७:२६ बजे

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ । गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडी भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।