प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रामबहादुर बम्जन प्रहरीको फन्दामा

२०८० पौष २४, मंगलबार १९:३१ बजे

काठमाडौं – प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई काठमाडौँबाट पक्राउ गरेको छ । सञ्चारमाध्यमहरुका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप बम्जनलाई पक्राउ गरेको हो ।

बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका ४ जना मानिसलाई वेपत्ता पारेको र सर्लाहीको आश्रममा बलात्कार गरेको आरोप छ । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो ।

यसअघि प्रहरीले बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा छापा मारेको थियो ।