प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८० भाद्र २६, मंगलबार ०२:०९ बजे

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको उनले बताए ।

सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।