इलाम – इलामको देउमाइ नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगर रहेका छन् ।
प्रहरीका अनुसार मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेर घाइते भएका मगलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मगरको हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।