प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा तातो दुधमा परेर १६ महिने बालक घाइते

२०८० पौष ९, सोमबार ११:५१ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ शिखरकेटरीमा दुधले पोलेर १६ महिने बालक घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार रामकला चौरेलीको १६ महिनाको छोरा ईसान चौरेली घाइते भएका हुन् ।

आफ्नै घरमा खेल्ने क्रममा कराईको तातो दुधमा परेर बालक घाइते भएको प्रहरीले जनाएको छ । उनको कृतिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।