प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राप्रपा निकट विद्यार्थी संगठनको आयोजना फुटसल प्रतियोगिता सुरु

२०८० श्रावण ११, बिहीबार १३:४७ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन(राप्रविस) मकवानपुर बहुमुखी क्याम्पस कार्यसमितिको आयोजना फुटसल प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं.३ स्थित रहेको मिनीपिचमा बिहिबारबाट फुटसल प्रतियोगिता सुरु भएको हो ।

राप्रपा मकवानपुरका सह–कोषाध्यक्ष सन्दीप कुमार सापकोटाले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । आज साउन ११ गतेदेखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका विभिन्न तह तथा संकायका २२ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका जिल्ला कार्यबाहक अध्यक्ष आशिष चौलागाईं, राष्ट्रिय युवा मोर्चा मकवानपुर जिल्ला अध्यक्ष बिबेक बिक्रम शाह, हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमिटी अध्यक्ष सुवास गुरुङ लगायत मकवानपुर क्याम्पस कमिटी कार्य समिति सचिव साहिल पाठक, स्ववियु सदस्य निर्जल पुडासैनी, क्याम्पस कार्यसमिती अध्यक्ष समृत खतिवडा लगायतको उपस्थिती रहेको थियो ।