हेटौंडा – आफ्नै घरको बाथरुपमा लडेर चितवनमा एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा रत्ननगर नगरपालिका–१६, वनदेबी टोल बस्ने ५६ वर्षीया शारदा देवी रिजाल रहेकी छन् ।
आफ्नै घरको बाथरूममा लडेर घाइते भएकी रिजालका पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।