जाजरकोट – जाजरकोटमा आज बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको भए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि, गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो। जाजरकोट क्षेत्रमा भूकम्पको पुनरावृत्तिले स्थानीयवासीमा त्रास फैलिएको छ।
सम्बन्धित निकायले सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका उपायहरू अपनाउन आग्रह गरेका छन्।