प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घर भत्काउने क्रममा खसेर बागमतीका मोक्तानको मृत्यु

२०७९ माघ २९, आईतबार १५:१० बजे

काठमाडौं – ललितपुर महानगरपालिका-२७सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा बागमती गाउँपालिका-६ आश्राङ बस्ने ३५ वर्षीय विशाल मोक्तान रहेका छन् ।

आइतबार सवा ३ बजे बाबुराम महर्जनको इट्टा र माटोले बनेको ३ तले कच्ची घर भत्काउने क्रममा खसेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। उनको उपचारको लागि पाटन अस्पताल पुर्‍याउँदा पौने ४ बजे मृत्यु भएको उनले जानकारी दिए।

घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।