हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.८ गल्छीबाट बुधबार लागुऔषध र नगद सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने ४३ बर्षीय सानुकान्छा स्याङतान रहेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङले थाहानगरको गल्छी क्षेत्रमा पैदल हिडिरहेका स्याङ्तानलाई चोकजाँच गर्दा उनको साथबाट १० किलो गाँजाको धुलो र नगद ७४ हजार ९९५ रुपैयाँ बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
लागुऔषध र नगद सहित स्याङ्तानलाई नियन्त्रणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।