हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट मंगलबार भन्सार छलि गरेर ल्याएको कुथा सुरुवाल र बनारसी साडी प्रहरीले बरामद गरेको छ ।
बीरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र.०१–००६ ख ५०४१ नम्बरको यात्रुवाहक बसबाट १३३ थान कुर्था सुरुवाल र १५ थान बनारसी साडी बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयका अनुसार उक्त कुर्था सुरुवाल र साडी १ लाख ६३ हजार मुल्य बराबरको रहेको छ । सो कपडा धनी पत्ता लागेको छैन भने कपडा प्रहरी चौकी रातोमाटेमा रहेको प्रहरीले जनाएको छ ।
फाइल तस्वीर