प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

२० लाख लगानीमा हेटौँडाको आल्मदमार–भोर्ले सडक निर्माण सुरु, मन्त्री श्रेष्ठद्वारा शिलान्यास

२०७९ माघ २६, बिहीबार ०३:५६ बजे

हेटौँडा - बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ मा रहेको आल्दमार–भोर्ले सडकको शिलान्यास गरेका छन् ।

बागाती प्रदेश सरकारको लगानी रहेको स्ल्याब ढलान सहितको सडक शिलान्यास गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार जनतालो थाहा पाउनेगरि विकासको गतिविधिमा अघि बढने बताए । प्रदेश सरकार गठन भएपछि जनताले विकासको लहर आएको अनुभव गर्न पाएको बताउँदै उनले सरकारले विकासका थप गतिविधिलाई अघि बढाउँदै प्रदेशमा शुसासन कायम गर्न समेत अघि बढने धारणा ब्यक्त गरे ।

२० लाख रुपैँयाको लगानीमा निर्माण आरम्भ गरिएको सडक २ सय ५ मिटर लम्बाई र ६ मिटर चौँढाई रहेको छ । सडक निर्माणपछि वडा नंबर १२ का बासिन्दाले वडा नंबर ११ नवलपुरमा निर्माण भएको नयाँपुलबाट हेटौँडा बजारक्षेत्रमा आवतजावतको लागि सहज अवस्था हुनेछ ।