प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाबाट गाँजा सहित एक युवक पक्राउ

२०८० फाल्गुन २९, मंगलबार २१:२१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट प्रहरीले मंगलबार ८४ किलो १२० ग्राम लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिमरा उपमहानगरपालिका–७ का १९ बर्षीय साविक अन्सारी रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग खण्ड अन्तर्गत मनहरीतर्फबाट आइरहेको बीआरको १ बीएफ ५५८१ नम्बरको भारतीय कार रोकेर प्रहरीले खानतलासी गर्दा ८४ केजी १२०ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार कारको सिटको भागमा फल्स बटममा गाँजा लुकाएर ल्याएको फेला परेपछि कार चालक अन्सारीलाई पक्राउ गरिएको हो । गाँजा, कार सहित अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।