प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालको पाँचौ विकेट पतन, अर्धशतक बनाएर आसिफ आउट

२०८० भाद्र १८, सोमबार ११:४५ बजे

काठमाडौं – एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौ विकेट गुमाएको छ ।

नेपालका लागि पाँचौं विकेटको रुपमा ओपनर ब्याट्म्यान आसिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए। उनी भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

एसीसी एसिया कप अन्तर्गत भारतविरुद्ध उनले अर्धशतक बनाएका हुन् । आसिफले ८८ बल खेल्दै ७ चौका प्रहार गर्दै ५० रन बनाएका थिए ।