हेटौंडा – हेटौंडा औद्योगिक क्षेत्रमा एक उद्योगमा आगलागी हुँदा २० लाख बराबरको धनमालमा क्षति पुगेको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एसटिसी ईनर्जी इन्ड्रष्टिजमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार बिहिबार साँझ ७ बजेर ५० मिनेटमा आगलागी हुँदा फ्याष्ट्रिको क्यूरिङ च्याम्बर मेसिनमा क्षति पुगेको हो । यस फ्याष्ट्रिले मोटरसाइकलको ब्याष्ट्रि उत्पादन गर्दछ ।
प्रहरीका अनुसार क्यूरिङ च्याम्बर हिट गराउने मेसिन हो । उक्त मेसिनमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उद्योगमा लागेको आगो गएराति ८ बजे नै नियन्त्रणमा आएको थियो ।