प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा माछा मार्न निस्किएका लुङ्वा मृत भेटिए

२०८१ असार १७, आईतबार ०९:२० बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ लोहजर खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–३ हात्तिसुडे बस्ने वर्ष ७१ को भिम बहादुर लुङ्वा रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार माछा मार्न जान्छु भनी शनिबार घरबाट गएका लुङ्वा लोहजर खोलामा डुबेको अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।