प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ

२०८० कार्तिक ३०, बिहीबार ०९:१३ बजे

काठमाडौँ – आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

मृतक ४० वर्षीया उर्मिलाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको भेटिएपछि थप अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।