प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछाने दक्षिण अफ्रिका गए

२०८० जेठ २३, मंगलबार ०२:३५ बजे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्। सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन्।


आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रीका पुगिसकेका छन्। त्यहाँ सन्दिप पुगेर नेपाली टोलीसँग सामेल हुने छन् ।

बलात्कार आरोपका कारण सर्वोच्च अदालतमा पेशी रहेकोले उनी गत मंगलबार टोलीका अन्य सदस्यसँग दक्षिण अफ्रीका गएका थिएनन्। तर, सन्दीपको पेशी असार २९ सम्मलाई सरेपछि उनी सोमबार दक्षिण अफ्रिका गएका हुन्।

दक्षिण अफ्रीकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपालले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ। अभ्यास खेलपछि नेपाल जिम्बावे जानेछ।