काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ । सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले यूएईमा जारी सिरिजमा सहभागी गराउन पठाउने तयारी गरेको हो ।
सन्दीपलाई बेलुकासम्ममा यूएई पठाउने तयारीमा क्यान रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन् । आईसीसीबाट सन्दीपलाई यूएईमा जारी सिरिजमा सहभागी हुन स्विकृती नआएको कारणले खेल्ने टुङ्गो नलागेको उनले बताए । उनले सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान रहेको बताए ।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली यूएईमा छ । सिरिजको दोस्रो खेलमा नेपालले बिहिबार यूएईसँग खेल्दैछ ।