प्रहर खबर
 २०७९ माघ १९, बिहीबार    

‘सी’ डिभिजन लिग जेठ १ देखि हुने

२०७९ माघ ६, शुक्रबार १४:५४ बजे

काठमाडौं – शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि हुने भएको छ । शुक्रबार सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि ‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाले सी डिभिजनका १४ क्लबलाई तयारी खर्चका रुपमा ११ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ७ लाख र तेस्रो हुने टिमले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फेयर प्ले टिम र सर्वोत्कृष्ट खेलाडीले ५०–५० हजार प्राप्त गर्नेछ । सर्वार्धिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३५ हजार पाउनेछन् । हरेक खेलको विजेताले २० हजार रुपैयाँ पाउनेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ ।