प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुद: त्रिभुवन आर्मी सेमिफाइनलमा

२०७९ आश्विन ३०, आईतबार १२:०४ बजे

काठमाडौं – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आइतबार आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पोखरा रंगशालामा आर्मीको जितमा नवयुग श्रेष्ठ र हेन्जन राईले गोल गरेका थिए । १५औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । २९औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।

पुलिस समूह बीको अर्को टोली लुम्बिनी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् । आर्मी दुई जितका साथ आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले पहिलो खेलमा लुम्बिनीलाई ४–० ले हराएको थियो ।

आर्मीले समूह डीबाट सेमिफाइनल पुगेको गण्डकी प्रदेशसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।