प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जङ्गलमा डढेलो लगाएको आरोपमा पौडेल पक्राउ

२०८१ बैशाख २४, सोमबार ०८:२६ बजे

हेटौंडा – जङ्गलमा डढेलो लगाएको आरोपमा प्रहरीले कास्कीबाट एक जना पक्राउ गरेको छ । शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गर्दै पौडेललाई नियन्त्रणमा लिएको शर्माले बताए । पौडेलले सामुदायिक जङ्गल नजिकै रहेको आफ्नै खर बारीमा आगो लगाएको र सोही आगो फैलिएर सामुदायिक वनमा ठुलो आगलागी भएको स्वीकारेको प्रहरीले जनाएको छ ।