प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चुलोमा आगो ताप्दाताप्दै साडीमा आगो सल्किएपछि...

२०८० पौष १८, बुधबार ०७:४८ बजे

काठमाडौं – जाडोमा ज्यानलाई न्यानो राख्नका लागि अधिकांश मानिसहरु आगो ताप्ने गर्छन् । तर आगो ताप्ने क्रममा ध्यान नपुर्याउँदा दुर्घटना निम्तिने समेत गरेको छ । त्यस्तै भएको छ, गुल्मीको इस्मा गाउँपालिका– ६ अमरपुरमा घटना घटेको छ ।

आगो ताप्ने क्रममा जलेर अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार मङ्गलबार साँझ करिब ५ः०० बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा महत आफूले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुवै खुट्टा जलेर घाइते घाइते भएका हुन् ।

घाइते महतको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । दुवै खुट्टाको ३७ प्रतिशत भाग जलेको डाक्टरद्वारा जानकारी प्राप्त भएको बताइएको छ । घाइतेको अवस्था मध्यम बोल्न सक्ने रहेको डिएसपी पाण्डेले बताए ।