प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

एम्बुलेन्स दुर्घटना

२०७९ जेठ ८, आईतबार ०९:०६ बजे

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ ।

एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका जुम्लाले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

कनकासुन्दरी–६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।