काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
आसिफले ८३ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा शेखले दोस्रो अर्धशतक पूरा गरेका हुन् ।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट आसिफको यो नवौं अर्धशतक हो । आसिफको नाममा एक शतक समेत रहेको छ ।
क्रिजमा ओपनरद्वय कुशल भुर्तेल शतक नजिक रहेका छन् । उनले ९० बलमा ९६ रन बनाएर खेलिरहेको छन् ।
नेपालले अहिले ३० ओभरमा कुनै विकेट नगुमाई १ सय ६६ रन बनाएको छ ।