प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु, एनजेजेवाईसीको विजयी सुरुवात

२०८० मंसिर ५, मंगलबार २१:०३ बजे

हेटौंडा – हेटौंडा स्पोर्टस् मुण्डियालको आयोजनामा सुदर्शन घिमिरे स्मृति यु–२१हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा(एनजेजेवाईसी)ले विजयी सुरुवात गरेको छ । हेटौंडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबलाई सडनडेथमा ७–६ गोलले हराउँदै नवजागृतीले विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समय २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट भएको हो ।

जितसंगै नव जनजागृति प्रतियोगिताको क्वाटरफाइलमा प्रवेश गरेको छ । नव जनजागृति सेमिफाइलन प्रवेशका लागि मंसिर ८ गते वीरगञ्ज स्पोर्ट्स एकेडेमीसंग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार(भोली) दुई खेल हुनेछ । पहिलो खेल बिहान १० बजे रिगल हेटौंडा रिसोर्ट र थाहा नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे न्यू डाँफे युथ क्बल र पदमपोखरी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधाग रुपमा उत्कृष्ट हुने पाँच जना खेलाडी तथा प्रशिक्षकलाई नगद ५/५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा मकवानपुरका ११ सहित १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मङ्सिर १३ गते हुनेछ ।