प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्कुल बसमा मोटरसाइकल ठोक्किँदा बाबु छोरीको मृत्यु

२०८० भाद्र ६, बुधबार ०३:०२ बजे

बर्दिवास – बर्दिवास नगरपालिका–२ हङ्कङ डाँडास्थित बर्दिबास–औरही सडकखण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा बर्दिबास–८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीय छोरी रविनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार रविनाको सोमबार साँझ ७ बजेतिर ट्रमा सेन्टर बर्दिबासमा तथा बुवा उपेन्द्रको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मङ्गलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दिबासबाट सोमबार साँझ दक्षिणतर्फ जाँदै गरेको ना. १ क १७७९ नम्बरको बर्दिबास बोर्डिङ स्कुलको रोकिराखेको बसलाई बाबुछोरी चढेर सोही दिशातर्फ जाँदै गरेको प्र. २–०२–००४ प. ७०६७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।

टाउको, हात र खुट्टामा गहिरो चोट लागेका दुवै जनालाई प्रहरीले गम्भीर अवस्थामा अस्पताल भर्ना गरेको थियो। तीव्र गतिमा मोटरसाइकल चलाएको कारण सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।