प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थाहा नगरस्तरीय अन्तर वडा फुटबलको उपाधि ९ नम्बर वडाले जित्यो

२०७९ पौष ९, शनिबार १४:०७ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा आयोजित नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ९ ले वडा नम्बर ४ लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि विजेता वडा नम्बर ९ ले नगद ३० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेताले वडा नम्बर ४ ले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा वडा नम्बर २ र ३ ले सान्त्वना नगद ५–५ हजार प्राप्त गरेको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का सुजन पाख्रिन घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक वडा नम्बर ९ का रुपेश बलामी, सर्वाधिक गोलकर्ता वडा नम्बर ९ कै सरोज रेग्मी घोषित भए ।

प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई थाहानगर प्रमुख विष्णु विष्टले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । नगर खेलकुद विकास समितिका आयोजना भएको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको थियो ।