हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले एकै पटक करारमा १७ जना कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकको भदौ १८ गतेको निर्णय अनुसार असोज १० गते बुधबार विभिन्न पदमा १७ जना कर्मचारी मागको सुचना जारी गरेको हो ।
हेटौंडा उपमहानगरपालिका कार्यालय वा मातहतका स्वास्थ्य संस्था केन्द्रका लागि मेडिकल अधिकृत आठौँ तहका २ जना, स्टाप नर्स वा सहायक स्तर पाँचौका २ जना, ल्याब टेक्निसियन सहायकस्तर पाँचौ तहका १ जना, अहेब सहायक चौथो तहका १ जना र कार्यालय सहयोगी ४ जना माग गरिएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिका अन्तर्गतका वडाहरुका लागि ७ जना कम्प्युटर अप्रेटर माग गरिएको सुचनामा उल्लेख छ ।
सुचना

