हेटौंडा – मकवानपुरमा चट्याङ र करेन्ट लागेर दुइ जनाको मृत्यु भएको छ ।
बागमती गाउँपालिका–४ पाँचपाण्डवमा गुडिरहेको बा ६० प ९४९१ नम्बरको मोटरसाइकलमा चट्याङ लाग्दा सवार स्थानिय दिब्य प्रकाश राइको मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । मोटरसाईकलका चालक भने सामान्य घाइते भएका छन । उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी बकैया गाउँपालिका–६, गोबरनाथमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मध्य असारमा धान रोपाइँ गर्न खेतमा पानी लगाउन पानी तान्ने मोटर जोड्न खोज्दा करेन्ट लागेर बकैया गाउँपालिका–६, गोबरथानमा एकजनाको मृत्यु भएको हो । बुधबार बिहान साढे १० बजेको समयमा ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।