प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पशुपतिनाथमा जंकफुडसम्बन्धी सचेतना

२०८१ जेठ ६, आईतबार २०:०२ बजे

हेटौंडा – पशुपतिनाथ माविका विद्यार्थीहरुलाई दैनिक जीवनका लागि अति उपयोगी मानिने खाद्यसुरक्षण तथा जंकफुडसम्बन्धी सचेतना दिइएको छ ।

उद्योग निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत विद्यार्थीलाई सचेतना दिइएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको उपस्थितिमा निर्देशनालयका खाद्यनिरीक्षक सुलोचना श्रेष्ठले उपभोक्ता सचेतना दिएकी थिइन् । समाजिक सचेतना वृद्धि हुने देखिएका कारण सम्बन्धित विद्यालयमा पुगेर विद्यार्थीलाई सचेत बनाउने प्रयास गरिएको विद्यालयका सप्रअ सुशील गौतमले जानकारी दिए ।

पशुपतिनाथ माविका कक्षा ९ र १० का विद्यार्थीलाई खाद्यान्न तथा उपभोग्यवस्तु सम्बन्धित सामग्री प्रत्यक्ष प्रस्तुतिकरण साथै अन्य खाद्यान्न सम्बन्धित सचेतना कार्यक्रम गरिएको थियो । विद्यालय आसपासमा बिक्रीका लागि राखिने जंकफुडले जनस्वास्थ्यमा पु¥याउने असरका बारेमा विद्यार्थीलाई जानकारी गराइएको हो । कार्यक्रममा कक्षा ९ र १० का करिव ७० जनाको सहभागिता रहेको विद्यालयका शिक्षक ईश्वर रिजालले बताएका छन् ।