प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विरोध खतिवडालाई हातपात गर्ने खड्का छुटे

२०७९ कार्तिक २३, बुधबार १२:०१ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडामाथि हातपात गरेपछि पक्राउ परेका पुरुषोत्तम खड्का छुटेका छन् । खतिवडाको आग्रह बमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रबक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार मनहरी गाउँपालिका वडा नं.४ गोलघरस्थित बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्न पुगेका खतिवडालाई खतिवडाले दुई झाप्पड हानेका थिए । खतिवडामाथि हातपात गरेलगतै खड्कालाई प्रहरीको जिम्मा लगाईएको थियो ।

खतिवडाले पटक–पटक निर्वाचित भएर पनि जनताले सोचे अनुरुप काम नगरेको र पुरानो रिसईबिको कारण झाप्पडको बताईएको छ ।स्रोतले  कुटपिट गर्ने ब्यक्ति नेकपा माओवादी केन्द्रको कार्यकर्ता रहेको बताएपनि आफ्नो कार्यकर्ता नरहेको विज्ञप्ति निकालेको छ ।

नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।

खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित सांसद बनेका थिए । सांसद भएको ३० बर्षपछि खतिवडा स्वास्थ्यमन्त्री बन्ने अवसर समेत पाएका थिए। चारपटक सांसद बनेका खतिवडा पाँचौपटक सांसद बन्ने दौडमा छन् ।