प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बार्सिलोनाका पूर्व खेलाडी डियाग्नेले मनाङबाट खेल्ने

२०७९ फाल्गुन २, मंगलबार ०५:१३ बजे

काठमाडौं – मनाङ मर्स्याङ्दी क्लबले सेनेगलका डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको छ । सहिद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको मनाङले मंगलबार सामाजिक संजालबाट डिफेन्डर डियाग्नेलाई अनुबन्ध गरिएको जनाएको छ ।

कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले नयाँ सिजनको ए डिभिजन लिगका लागि डियाग्नेलाई अनुबन्ध गरेको हो । २८ वर्षीय डिफेन्डर डियाग्ने स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी हुन् ।

उनी बार्सिलोनाको बी टिमबाट खेलेका थिए । उनले बार्सिलोनाको सिनियर टोलीमा समेत स्थान बनाए पनि डेब्युको अवसर भने पाएका थिएनन् । डियाग्नेले सेनेगलका लागि २ खेल खेलेका छन् । सहिद स्मारक ए डिभिजन लिग नयाँ सिजन फागुन १९ गतेबाट सुरु हुँदैछ ।