प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई पुरुष मृत भेटिए

२०७९ फाल्गुन २५, बिहीबार ०४:५८ बजे

हेटौंडा – दोलखा जिरी र चितवन भरतपुरमा एक–एक पुरुष मृत भेटिएका छन् ।

जिरी नगरपालिका–६, पाटीटार बस्ने ४० वर्षीय टेका जिरेल घरदेखि अन्दाजी ३०० मिटर पूर्वतर्फ रहेको स्वाटे जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका–२३, कसरा स्थित चितवन राष्ट्रिय निकुन्जमा माउतेको काम गरी बस्ने नवलपरासी कावासोती नगरपालिका–१५ घर भएको अन्दाजी ३७ वर्षीय सिखाराम महत्तो आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुबै घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।